Published 2024 | Version v1
Paper Open

काउलीको उत्पादकत्व बढाउन मल्चिङ्ग/छापोको प्रयोग: जलवायु अनुकूलन प्रविधि

Description

यस अनुसन्धानले काउलीको उत्पादकत्व बढाउन मल्चिङ्ग (छापो) प्रविधिको प्रयोगलाई अध्ययन गरेको छ। जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न मल्चिङ्ग प्रविधि उपयोगी देखिएको छ। मल्चिङ भनेको बिरुवाको वरिपरि माटोलाई विभिन्न जैविक वा अजैविक सामग्रीले छोप्ने प्रक्रिया हो, जसले माटोको ओसिलो अवस्था कायम राख्न, झारपातलाई नियन्त्रण गर्न, र माटोको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ। को खेतीमा पराल, प्लास्टिक, काठको धुलो र कम्पोस्ट मल्चको प्रयोग गरी उत्पादकत्वमा परेको प्रभावको अध्ययन गरिएको छ। अनुसन्धानका नतिजा अनुसार, कालो प्लाष्टिक मल्चले उच्चतम उत्पादकत्व प्रदान गरेको छ। परालको मल्च पनि प्रभावकारी साबित भएको छ, जसले गर्दा जैविक रूपमा दिगो उत्पादन सम्भव भएको छ। प्लाष्टिकको तुलनामा पराल कम लागतमा उपलब्ध हुने र जैविक पदार्थ भएकाले माटोमा मलको रूपमा काम गर्न सक्दछ। यसले वातावरणीय अनुकूलता र आर्थिक फाइदाहरू प्रदान गर्दछ। अन्ततः, मल्चिङ्ग प्रविधिको प्रयोगले फूलगोभी लगायतका काउली बालीको उत्पादकत्वमा सुधार ल्याउन मद्दत गर्ने देखिएको छ, जुन जलवायु परिवर्तनका प्रतिकूल असरलाई कम गर्न र दिगो कृषि उत्पादनमा योगदान दिन सक्छ।

Files

HimalDoc2024_mulching.pdf

Files (1.4 MB)

Name Size Download all
md5:3045bd27db0c907111d055709af47a1c
1.4 MB Preview Download

Additional details

ICIMOD publication type

ICIMOD publication type
Technical publication

Regional member countries

RMC
Nepal

Others

Note
GRAPE; GRAPEProject; AFU

Legacy Data

Legacy numeric recid
36559