2024
  • Non-ICIMOD publication

Share

0 Views
Generated with Avocode. icon 1 Mask color swatch
0 Downloads

तरकारी बालीको जरामा गाँठा पर्ने रोगको व्यवस्थापन

  • प्रज्वल रेग्मी
  • प्रतिष्ठा अधिकारी
  • ओसिन शर्मा
  • शंकर न्यौपाने
  • बिष्णु अधिकारी
  • Summary

तरकारी बाली नेपालको ग्रामिण क्षेत्रमा खाद्य, पोषण, र आर्थिक सुरक्षाका लागि महत्त्वपूर्ण छ। नेपालका विभिन्न तरकारी बालीमा जरामा गाँठा बनाउने रोग, जसलाई मेलोइडोगाइन प्रजातिका जुका (निमाटोड) ले लगाउँछ, ठूला चुनौतिहरूमध्ये एक हो। यो रोग विशेष गरी न्यानो मौसममा प्रकोप गराउने हुँदा प्लाष्टिक घरमा लगाइएका वालीहरू, जस्तै गोलभेंडा, भन्टा, आलु आदिमा गम्भीर असर गर्छ। जुका प्रकोपका कारण वालीको उत्पादनमा १५% देखि ३०% सम्म गिरावट देखिन्छ। रोग पहिचानका लागि जरामा गाँठा बन्नु, बोट पहेँलो र ओइलाउनु जस्ता लक्षण देखिन्छन्। यो रोगले बिरुवाको वृद्धि, फूल लाग्ने समय र उत्पादनमा पनि ह्रास ल्याउँछ। व्यवस्थापनका लागि गहिरो खनजोत, सोलराइजेसन, स्वस्थ बेर्नाको प्रयोग, मिश्रीत वाली, वाली चक्र, र जैविक तथा वनस्पतिजन्य विषादीको प्रयोग उपयुक्त छन्। भर्मिवास र ट्राइको-कम्पोस्टले पनि यो रोग नियन्त्रणमा मद्दत पुर्याउँछन्। यो रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न ठोस विधि नभए पनि, माथि उल्लिखित विधिहरूले रोग व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सक्छन्।

  • Pages:
    16
  • Language:
    Nepali
  • Published Year:
    2024
  • Publisher Name:
    Agriculture and Forestry University (AFU); ICIMOD
  • Publisher Place:
    Chitwan, Nepal

Keywords