2024
  • Non-ICIMOD publication

Share

0 Views
Generated with Avocode. icon 1 Mask color swatch
0 Downloads

माटो निर्मलीकरण: स्वस्थ बेर्ना उत्पादनमा सहयोजी

  • कैलाश भट्ट
  • कविता शाही
  • प्रगति राज सिपखान
  • Summary

"स्वस्थ जीवनका लागि स्वस्थ बाली र स्वस्थ बालीका लागि स्वस्थ माटो" भन्ने भनाइले माटोको महत्त्वलाई स्पष्ट गर्दछ। अस्वस्थ माटोले बालीको वृद्धि र उत्पादनमा नकारात्मक असर पार्छ। माटो निर्मलीकरण भनेको सौर्य उर्जा प्रयोग गरेर माटोको तापक्रम बढाई हानिकारक जीव, कीरा र झारपातको नियन्त्रण गर्ने प्रक्रिया हो। यसमा पारदर्शी प्लास्टिकको प्रयोग गरेर माटोको तापमानलाई ४५-५५ डिग्री सेल्सियससम्म बढाइन्छ, जसले हानिकारक जीवाणुहरूको जीवन चक्रलाई प्रभावित गर्छ। यस विधिको प्रयोगले माटोको संरचना सुधार, पोषण तत्त्वको उपलब्धता बढाउने, र रासायनिक मलको आवश्यकता घटाउनेमा मद्दत गर्दछ। कार्यात्मक अनुसन्धानले माटो निर्मलीकरण प्रविधिको प्रभावकारिता देखाएको छ, जसले बिरुवाको उमारशक्ति र रोगको संक्रमणमा सुधार गरेको छ। कृषकहरूले यस प्रविधिको प्रयोगबाट रोगहरूको प्रकोप कम भएको र स्वस्थ बिरुवा उत्पादनमा सुधार आएको अनुभव गरेका छन्। यसले गर्दा माटो निर्मलीकरणलाई दिगो र वातावरण मैत्री विकल्पका रूपमा स्वीकार गरिएको छ।

  • Pages:
    8
  • Language:
    Nepali
  • Published Year:
    2024
  • Publisher Name:
    Li-Bird (Local Initiatives for Biodiversity, Research and Development); ICIMOD

Keywords