धकेल्ने-तान्ने विधि: बालीमा किराहरूको एकीकृत व्यवस्थापनको लागि प्रभावकारी प्रणाली
Description
परम्परागत कृषि प्रथामा बालीमा रोग र कीरा नियन्त्रणका लागि कृषकहरूले प्राकृतिक श्रोत र स्थानीय ज्ञानको प्रयोग गर्दै आएका छन्। तर जलवायु परिवर्तनले रासायनिक कीटनाशकहरूको प्रयोगमा वृद्धि गरिरहेको छ, जसले मानव स्वास्थ्य र पारिस्थितिकी तन्त्रलाई खतरा पुर्याउँछ। यस सन्दर्भमा, धकेल्ने र तान्ने विधि एक प्रभावकारी विकल्पको रूपमा देखा परेको छ। धकेल्ने बालीहरू जसले कीरा धपाउने काम गर्दछन् र तान्ने बालीहरू जसले मित्र जीवहरूलाई तान्छन्, मिलेर काम गर्ने यो विधि एकीकृत कीट व्यवस्थापनको एक भाग हो। यो विधिले प्राकृतिक प्रतिरक्षा गुणहरूको प्रयोग गर्दै बालीहरूको उत्पादनमा वृद्धि गर्न मद्दत गर्दछ। आवश्यक बालीहरूको चयन, तिनको व्यवस्थापन, र निगरानी गर्दा यस विधिको प्रभावकारिता वृद्धि हुन्छ। अनुसन्धानले धकेल्ने तान्ने विधिको प्रयोगले लाही कीरा र इट बुट्टे पुतलीको प्रकोपमा कमी ल्याउने र उत्पादनलाई दोगुणा बनाउन सहयोग पुर्याएको देखाएको छ। किसानहरूले यस विधिलाई अपनाएर लागतमा कमी र उत्पादनमा वृद्धि गर्न सक्ने सम्भावना देखाएका छन्।
Files
HimalDoc2024_Push & Pull_Nepali.pdf
Files
(3.0 MB)
Name | Size | Download all |
---|---|---|
md5:06d72b87572dbb98adc216de1cd0179d
|
3.0 MB | Preview Download |
Additional details
Identifiers
ICIMOD publication type
- ICIMOD publication type
- Technical publication
Regional member countries
- RMC
- Nepal
Others
- Note
- GRAPE; GRAPEProject; ICIMOD
Legacy Data
- Legacy numeric recid
- 36547