Published 2024 | Version v1
Paper Open

दिगो कृषिः माटो जोगाउन जैविक मल

Description

यस लेखमा माटोको उर्वराशक्ति जोगाउन जैविक मलको प्रयोगको महत्त्व र फाइदाहरूलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ। हालको कृषि अभ्यासमा रासायनिक मल र विषालु कीटनाशकहरूको अत्यधिक प्रयोगले माटोको गुणस्तर घटाउँदै गएको र वातावरणलाई प्रदूषित गरिरहेको छ। माटोको जैविक कार्बनको मात्रा कम भएपछि उत्पादनमा गिरावट आउने सम्भावना रहेकोले जैविक मलको प्रयोग अत्यावश्यक भएको लेखमा उल्लेख गरिएको छ। जैविक मलले माटोको जैविक पदार्थको मात्रा बढाउँछ, माटोमा पानीको भण्डारण क्षमतामा सुधार गर्छ, र माटोको बनोटलाई दीर्घकालीन रूपमा सुधार गर्न मद्दत गर्दछ। जैविक मलको प्रयोगले माटोमा आवश्यक सूक्ष्मजीवहरूको वृद्धि हुन सहयोग पुग्छ, जसले गर्दा माटोको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। लेखमा जैविक मलका विभिन्न प्रकारहरू जस्तै कम्पोस्ट मल, हरियो मल, वर्मी कम्पोस्ट, गोबरको मल, र ट्राइको-कम्पोस्टको प्रयोग र तिनीहरूको फाइदाहरूको चर्चा गरिएको छ। निष्कर्षमा, जैविक मलको प्रयोगले माटोको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउने र कृषि उत्पादन बढाउने महत्वपूर्ण उपायको रूपमा सुझाव दिइएको छ।

Files

HimalDoc2024_soil booklet.pdf

Files (1.7 MB)

Name Size Download all
md5:4251c53aa094b9d12265df18e126e670
1.7 MB Preview Download

Additional details

ICIMOD publication type

ICIMOD publication type
Technical publication

Regional member countries

RMC
Nepal

Others

Note
GRAPE; GRAPEProject; AFU

Legacy Data

Legacy numeric recid
36558