अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो ।अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधाताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् ।